बेनीमा माटोको ढिस्कोले पुरिदा निर्माण व्यवसायी बरुवालको मृत्यु
म्याग्दी | मंसिर २१, २०७९
बेनी: बेनीमा बुधबार माटोको ढिस्कोले पुरिbf एक निर्माण व्यवसायीको मृत्यु भएको छ।
बेनी नगरपालिका–८ स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणमा स्थलमा खसेको ढिस्कोले पुरिएर अन्नपूर्ण गाउँपालिका–६ घारका ४५ वर्षीय कृष्ण बरुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भवन निर्माणका लागि खनिएको जगको नाँपजाँच गर्न पुगेका बरुवाललाई ढिस्कोले पुरेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।
स्थानीयवासी र प्रहरीले डोजरको सहायताले ढिस्को पन्छाएर उद्धार गरी बरुवाललाई उपचारका लागि बेनी अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याउँदा मृत घोषणा गरेका थिए । बरुवाल उत्तरगंगा निर्माण सेवाका सञ्चालक हुन् ।
ठेक्का लिएको योजनाको काम समयमै सम्पन्न गर्ने सिमित निर्माण व्यवसायी मध्यमा बरुवाल थिए । बरुवाल नेपाली कांग्रेसको अन्नपूर्ण गाउँपालका वडा नम्बर ६ को वडा इकाई समिति सभापतिसमेत थिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल ...
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

